Lyrics
थाहा छैन के हौँ हामी, तिमी नै भन न
बोल्दाबोल्दै, हाँस्दाहाँस्दै माया पो परेछ
सोध्यौ भने मलाई तिम्ले के भन्न सक्छु र?
मनभित्रको कुरा तिम्लाई के पोख्न सक्छु र?
चुम्न त मन छ त्यो ओठलाई, तर डर नि छ
हाम्रो त्यो मित्रता नि मीठो छ, त्यसैले डर लाग्दछ
कुन ठाउँ हिँडिराख्छु, हामी कुन्नि कुन ठाउँ पुग्नेछौँ
विश्वास नगरेको मायामा तिमी र म डुब्दै छौँ

लेख्दै, मेटाउँदै धेरै कुरा लुकाएँ
चार दिवारभित्रै कुरा पोखाएँ
अपरिचित भए पनि तिम्लाई नै रोज्नेथेँ, आ
दिनु त मन छ एउटा नाम हाम्रो यो सम्बन्धलाई
तर डर पनि धेरै छ मायामा पर्नलाई
कुन ठाउँ हिँडिराख्छु, हामी कुन्नि कुन ठाउँ पुग्नेछौँ
विश्वास नगरेको मायामा तिमी र म डुब्दै छौँ
कुन ठाउँ हिँडिराख्छु, हामी कुन्नि कुन ठाउँ पुग्नेछौँ
विश्वास नगरेको मायामा तिमी र म डुब्दै छौँ
Lyrics powered by www.musixmatch.com