Lyrics

के-के गरेर जहाज चढेर अनौठो सहरमा बस्ती बसाएँ टाक्राक र टुक्रुक गर्दागर्दै दुईचारवटा त्यही गाना बनाएँ सोध् न त्यसबारे, म भनिहाल्छु क्यारे के गरी यहाँ आएँ म (अँ-हँ) तँलाई चाहिँ मेरो अङ्ग्रेजीकै चासो छ त्यस्तै हो भने नसुन् न त कुरो रोएर नै होलास् तँ बुढो नत्रभने चाहिँ किचकिच नगरी रमाइलो तालले सुन् कथा मेरो सोध् बरु मलाई, अनि भन्छु तलाई के-कसो, काँ गएँ म तँलाई चाहिँ मेरो अङ्ग्रेजीकै चासो छ ढाका नलाए नेपाली होइन रे र दोहोरी नगाए परदेशी म नेपाली हुन तेरै अनुमति चाहिने भो मलाई भने'छि? नेपाल नबसे नेपाली होइन रे "गाउँदाखेरि मुख नबटर्नू" अरे "यो भन, त्यो भन," सोध्यो चाहिँ कोल्ले? मुख बटारेरै गीत गाउनु छ रे छ माया घरको, र अङ्ग्रेजी चर्को टाउको दुखाउँछस् किन, ए? तँलाई त मेरो अङ्ग्रेजीकै चासो छ
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out