Lyrics

इच्छा मेरो एउटै छ, एउटै, हे भगवान् इच्छा मेरो एउटै छ, एउटै, हे भगवान् सबको मुखमा देखूँ मीठो मुस्कान मीठो मुस्कान, मीठो मुस्कान जहाँ हेरौँ, देखियोस् फूलको बगैँचा मैले टेक्ने माटो होस् नरम गलैँचा जहाँ हेरौँ, देखियोस् फूलको बगैँचा मैले टेक्ने माटो होस् नरम गलैँचा जो भेटे नि प्यारो होस् मलाई मै समान मीठो मुस्कान, मीठो मुस्कान, मीठो मुस्कान सासैपिच्छे लिऊँ म आनन्दको रस यत्ति बुझूँ जिन्दगी आनन्द हो बस सासैपिच्छे लिऊँ म आनन्दको रस यत्ति बुझूँ जिन्दगी आनन्द हो बस आनन्दै होस् त्यो बेला, त्यो बेला आनन्दै होस् जुन बेला छोडूँ म यो प्राण मीठो मुस्कान, मीठो मुस्कान, मीठो मुस्कान इच्छा मेरो एउटै छ, एउटै, हे भगवान् इच्छा मेरो एउटै छ, एउटै, हे भगवान् सबको मुखमा देखूँ मीठो मुस्कान मीठो मुस्कान, मीठो मुस्कान
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out