Lyrics

माया गरे नि, घृणा गरे नि माया त मर्दैन माया त माया हो, केही फरक पर्दैन माया गरे नि, घृणा गरे नि माया त मर्दैन माया त माया हो, केही फरक पर्दैन तिमी बिनाको म, म सोच्नै सक्दिनँ जीवनको अर्थ म बुझ्नै सक्दिनँ फूल बिनाको भमरा, पानी बिनाको छहरा म सोच्नै सक्दिनँ, सोच्नै सक्दिनँ हो, रिस गरे नि, माफ गरे नि माया त मर्दैन माया त माया हो, केही फरक पर्दैन तिमी बिना मेरो नाम, म भन्नै सक्दिनँ खुशीको विकल्प म रोज्नै सक्दिनँ बादल बिनाको आकाश, तिमी बिनाको संसार म सोच्नै सक्दिनँ, सोच्नै सक्दिनँ हो, चूप लागे नि, बोलि रहे नि माया त मर्दैन माया त माया हो, केही फरक पर्दैन माया गरे नि, घृणा गरे नि माया त मर्दैन माया त माया हो, केही फरक पर्दैन
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out